बच्चाले १ लाख ३१ हजार बढीको खाना अर्डर  गरेपछि...

आइतबार, माघ २२, २०७९

काठमाडौँ – तपाइले १ रातमा कति खाना खान सक्नु हुन्छ रु १ किलो, ५ किलो, १० किलो । हामीले विहे भोजमा मात्र क्वीन्टलमा खाना पाकेको सुनेका छौँ । तर, १ बच्चाले टन बढी खानाको अर्डरगरे भन्दा अच्चम लाग्न सक्छ । 

घटना साँचो हो । एक बाबुले आफ्नो फोन छोरालाई गेम खेल्नका लागि दिन्छन् । उनलाई फोन दिँदा एक रातमा त्यस्तो घटना होला भन्ने थाहा थिएन् । जब रातिमा १ पछि अर्को खाना डेलिभरी गर्ने व्यक्तिले ढोका खोल्न आग्रह गर्छन् । 

किथ स्टोनहाउसले आफ्नो ६ वर्षीय छोरा चेसलाई गेम खेल्न मोबाइल दिएका थिए । तर, चेसले आदा घण्टाको समयमा १ लाख ३१ हजार नेपाली रूपैयाँ बढीको खाना अर्डर गरिसकेका रहेछन् । 

किथ स्टोनहाउसले आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै भनेका छन् कि उनको छोराले ठूलो परिमाणमा खाना अर्डर गरेको  थियो । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्