नेप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा झर्यो

मंगलबार, माघ १०, २०७९

काठमाडौँं– साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ८.१४ अकंले बढेको हो । उक्त दिन २१६६.०५ बिन्दुबाट सुरु भएको नेप्से २१७३.२४ बिन्दुमा आएर सेयर कारोबार बन्द भएको छ ।

सो दिन ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि खुम्चिएको छ । सोमबार ३ अर्ब ८६ करोड कारोबार भएको सेयर मंगलबार भने घटेर ३ अर्ब ३ करोडमा खुम्चिएको छ । १०९ कम्पनीले नाफा कमाउँदा ८९ कम्पनीले घाटा ब्यहोरेका छन् ।

सानिमा जेआइसी इन्सोरेन्सले सबैभन्दा बढी नाफा गरेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीले भने सबैभन्दा बढी घाटा ब्यहोरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्