दोस्रो भक्तपुर कप खुला फुटबल हुने

मंगलबार, माघ १०, २०७९

भक्तपुर –भक्तपुरमा दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ देखि १३ गतेसम्म प्रतियोगिता हुनेछ ।

आयोजक भक्तपुर युवा टीमले प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको छ । 

प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्