नेभिगेशन
मनोरञ्जन

‘के लत बस्यो’ गजल यूट्युबदेखि टिकटकसम्म भाइरल

काठमाडौँ– गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वरमा रहेको गजल ‘के लत बस्यो’ अहिले भाइरल भएको छ ।

 

गजलकार डा.प्रदीपकुमार मैनालीको रचनामा तिलकसिंह पेलाको आफ्नै स्वर र संगीत रहेको ‘के लत बस्यो’ गजल यूट्युबदेखि टिकटकसम्म भाइरल भइरहेको हो । 

 

तिलकसिंह पेला नामक युट्युब च्यानलबाट एक साता अगाडि अपलोड भएको गजलले यो समाचार बनाउँदासम्म ९ लाख ५४ हजार भन्दा बढी भ्युज पाइसकेको छ ।

 

शास्त्रीय संगीतको धुनमा रहेको यो गीतले छोटो समयमा नै लाखौं मानिसको मन जित्न सफल भएको छ । उनको स्वरमा रहेको मधुरतालाई सबै दर्शकले तारिफ समेत गरिरहेका छन् । भिडियोमा गायक तिलकसिंह स्टुडियोको अगाडि उभिएर गजल गाएका छन् । उनलाई अन्य वाद्यवादकहरुले साथ दिएका छन् । भिडियोमा गजलकार डा. मैनालीलाई पनि देख्न पाइन्छ ।

 

तिलकसिंह बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका हुन् । उनले  भारतको शहर बनारसबाट शास्त्रीय संगीत सिकेका हुन् ।

भिडियो हेरौँ–

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन