नेभिगेशन
मनोरञ्जन

रुकुम पश्चिममा पुगेकी रचना रिमाल बिरामी भइन्, हेलिकोप्टरबाट ल्याइयो 

बाँके– कार्यक्रमका लागि गित गाउन रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक बिरामी भएपछि हेलिकोप्टरमा नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो। 

रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

नाम नीति शाह, फिल्म भएनन् वाह!