नेभिगेशन
मनोरञ्जन

कपिल शर्माको शोमा फर्किए सिद्धु

काठमाडौं– भारतीय चर्चित हाँस्य शोे ‘द ग्रेट इन्डियन कपिल शो’मा नवजोद सिंह सिद्धु फर्किएका छन्।

‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूले प्रोमो सेयर गर्दै घोषणा गरेका छन् – नवजोत सिंह सिद्धु नयाँ सिजनमा फर्किए।

कमेडी शोमा आफ्नो पुनरागमनको बारेमा कुरा गर्दै सिद्धुले भने, ‘द ग्रेट इन्डियन कपिल शो’ मा आउनु भनेको फेरि घर फर्कनु जस्तै हो। यो मेरो लागि एकदमै विशेष अवसर हो। हामीले मानिसहरूको आवाज सुनेका छौं।’

उनले अघि भनेका छन्,‘हाम्रो कुराकानी मन पराउने धेरै प्रशंसक र शुभचिन्तकहरूले हामीलाई सँगै हेर्न चाहन्थे। म धेरै खुसी छु कि नेटफ्लिक्सले यति राम्रा मानिसहरूलाई एकसाथ ल्याइरहेको छ र यस सिजनमा हामी दर्शकहरूको लागि राम्रो प्रदर्शन गर्नेछौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन