प्रेमचन्दको गाईः एक प्रेरक प्रसङ्ग

मंगलबार, मंसिर २०, २०७९
मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ । प्रसिद्ध भारतीय उपन्यासकार मुन्सी प्रेमचन्द कुनै बेला गोरखपुरमा शिक्षक थिए । उनले गाई पालेका थिए । एक दिन उनको गाई चर्दाचर्दै त्यहाँका अँग्रेज जिल्लाधीशको आवासगृह अघिल्तिरको बगैँचामा पस्यो । गाई बगैँचाभित्र पसेको मात्र के थियो अँग्रेज हातम बन्दुक लिएर बाहिर निस्कियो । रिसले चुर हुँदै उसले बन्दुकमा गोली भ¥यो । त्यही बेला आफ्नो गाई खोज्दै प्रेमचन्द पनि त्यहीँ आइपुगे ।


अँग्रेजले भन्यो- तेरो यत्रो हिम्मत ? आफ्नो गाई मेरो बगैँचामा हुल्ने ? अब यो गाई यहाँबाट तैँले लैजान सक्दैनस् । म यसलाई तुरुन्तै गोली हानेर मारिदिन्छु अनिमात्र यहाँ हाम्रो शासन छ भन्ने तँजस्ता काला मान्छेहरुको दिमागमा घुस्छ । उसले तत्कालै गाईमाथि बन्दुक तेस्र्यायो ।


प्रेमचन्दले विनम्रतापूर्वक उसलाई सम्झाउने कोसिस गरे- महोदय, यस पटक गाईप्रति दया गर्नुस् । अर्काे पटक यता आउने छैन । साहेब, गाई लैजान दिनुस् । गाईलाई यहाँ आउन हुन्न भन्ने थाहा भएन ।


अँग्रेज रिसले आँखा राता पार्दै कड्कियो- तिमेरु काला मान्छेहरु मूर्ख छौ । म यो गाईलाई गोली ठोकिछाड्छु । उसले फेरि गाईमाथि निशाना साँध्यो ।

प्रेमचन्द गाईले गोली खाएको हेरेर बस्न किन सक्थे ! झटपट बन्दुकको अघिल्तिर गए र गाईलाई निशाना ताकिरहेको अँग्रेजका आँखामा हेर्दै रिसाएर भने- लौ हेरुँ त, हान् गोली ! तेरो कत्तिको हिम्मत रहेछ ? ल पहिला मलाई नै हान् गोली ।


अँग्रेजको निधारमा पसिना देखियो । उसले प्रेमचन्द एउटा जनावरका निम्ति गोली थाप्न तयार किन थिए भनेर बुझ्न सकेन । उसले बन्दुक झुकायो र गालीको फोहोरा फुटाउँदै बङ्गलाभित्र पस्यो । गोरो अँग्रेज कालो प्रेमचन्दको हुँकार सम्झेर विचलित भइरह्यो ।


साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्