विस्फोटमा रुसमा ३ जनाको मृत्यु

सोमबार, मंसिर १९, २०७९
सोमबार, मंसिर १९, २०७९

काठमाडौँ– पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।

 

एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्