सूर्य नेपाल काठमाडौं ओपन गल्फ मंगलबारदेखि
काठमाडौँ–सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सञ्चालन हुने जनाएको छ। प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
बिजेताले १ लाख १६ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६३ हजार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १५:४३
प्रतिक्रिया दिनुहोस्