स्त्रीको सम्मान : एक प्रेरक प्रसङ्ग

आइतबार, मंसिर १८, २०७९
आइतबार, मंसिर १८, २०७९

काठमाडाैँ – प्रसिद्ध हिन्दु राजा क्षेत्र पति शिवाजी गुरु रामदासका शिष्य थिए । उनले जीवनपर्यन्त हिन्दुत्व र हिन्दु राज्यको संरक्षणका लागि शक्तिशाली मुगल सम्राटसँग बहादुरीका साथ लडे । शासकहरू साधारणतः भोगी र विलासी हुन्छन् । तर शिवाजी आफ्नो सिद्धान्तप्रति समर्पित, नीति वान र अनुशासित व्यक्ति थिए ।

एक पटक उनका एक वीर सेनापतिले महाराष्ट्रको कल्याण किल्ला जिते । त्यो जितबाट उनलाई अस्त्र–शस्त्रसहित धेरै सम्पत्ति पनि हात लाग्यो । एक सैनिकले त्यस किल्लाका मुगल किल्ला पतिकी परम सुन्दरी बुहारीलाई सेनापतिका अघि पेस गरे । सेनापति त्यस नवयौवनाको परम सौन्दर्यमाथि मुग्ध भए । यस्ती सुन्दरीलाई यदि मैले भेटीको रूपमा शिवाजीलाई चढाएँ भने उनी मसँग पक्कै औधी खुसी हुनेछन् भन्ने ठानेर एउटा पालकीमा उनलाई बोकी राजधानीतिर लागे ।


शिवाजीको नजिक पुगेर सेनापतिले भने— महाराजको जय होस् । कल्याणको किल्ला हामीले जित्यौँ । धेरै अस्त्र शस्त्र हाम्रो लागेको छ ।’

शिवाजीले स्याबास भन्दै सेनापतिलाई अँगालो हाले । 

सेनापतिले खुसी हुँदै भने— तपाईँको महलको शोभाका लागि मैले सुन्दर बहुमूल्य हीरा पनि ल्याएको छु । त्यो पालकीमा छ । तपाईँ आफै गएर हेर्नुस् ।


शिवाजीले कौतूहलवश पालकीको पर्दा उठाए । सुन्दर नवयौवनालाई देखेर भने— यदि मेरी आमा पनि यति नै रूपवती भएकी भए, म पनि यत्तिकै सुन्दर हुन्थेँ होला !

उनको शिर लज्जाले झुक्यो । सेनापतिलाई हप्काउँदै उनले भने— मसँग यत्तिका दिनसम्म बसेर पनि तिमीले मेरो स्वभाव बुझ्न सकेका रहेनछौ । मैले पनि आफ्नो विलासका लागि मुगलका छोरी–बुहारीहरूको इज्जतसँग खेलबाड गर्न थालेँ भने म र मुगलहरूबिच फरक नै के भयो ? शिवाजी अरूकी छोरी–बुहारीलाई आफ्नी आमा समान सम्मान गर्छु । जाऊ यिनीसँग माफी माग । यिनलाई पूर्ण सम्मानका साथ उनका परिवारलाई जिम्मा लगाएर आऊ ।

साभार: ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष