‘एसीको टन’ भनेको के हो ? भनेर सोधेको प्रश्न भाइरल, टनको अर्थ चाहिँ यस्तो

सोमबार, मंसिर १२, २०७९
सोमबार, मंसिर १२, २०७९
काठमाडाैँ – जाडो सुरु भयसँगै घरघरमा न्यानो पार्न हिटर र एसीको प्रयोग बढेको छ । सहज र सस्तोमा पाउने र प्रयोग गर्न सजिलो हुने भएकाले घरघरमा एसीको तुलनामा हिटरको प्रयोग बढी हुन्छ । तथापि अहिले एसीको प्रयोग पनि बढ्दो क्रममा छ । एसीका विषयमा सामाजिक सञ्जालमा अहिले एक चर्चा भाइरल बनेको छ ।
 
सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले एसीमा टन भनेको के हो भनेर सोधेका छन् । यस प्रश्नको जवाफमा सामाजिक सञ्जालका उत्तर दिनेहरू पनि धेरै भए । धेरैले धेरै थरी जवाफ दिए । तर के तपाईँलाई थाहा छ एसीमा टन भनेको के हो ? यस बारे जान्नुहोस् ।
 
एसी किन्दा वा जडान गर्दा जोकोहीले कति टनको हो भनेर सोध्छन् । यस्तोमा एसीको टन भनेको के हो त ? खासमा टन भनेको एसीको क्षमता हो । यसले एसीबाट एक घण्टामा निस्किने तापक्रमको मात्रालाई जनाउँछ ।
 
कोठाको तापमान कति तातो वा चिसो पार्ने यो एसीको टनले निर्भर गर्दछ । यस्तोमा मानिसहरू सानो कोठामा एक टनको एसी जडान गर्न सुझाव दिन्छन् । यस्तै ठुलो कोठामा धेरै टनको एसी जडान गर्न सुझाव दिइन्छ । 
 
अझ पनि धेरैलाई टन भनेको चाहिँ के हो भन्ने लाग्ला । यसलाई यसरी बुझ्दा सहज होला । एक टनको एसीले एक दिनमा एक हजार किलो पानीलाई बरफमा बदल्न सक्छ । जसमा एक दिनमा जति मात्रामा ऊर्जालाई पानीबाट बाहिर निकाल्नु पर्ने हुन्छ त्यसैलाई बरफमा बदल्नका लागी पुरा मात्रालाई टन भनिन्छ ।
 
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०१:०८
प्रतिक्रिया दिनुहोस्