नेभिगेशन
जीवनयापन

बिहे गर्ने केटी खोजी पाउँ भन्दै प्रहरीमा निवेदन दिने २.३ फिटका अजीमको बिहे हुदैँ

काठमाडाैँ – तस्बिरमा देखिएका व्यक्तिको नाम अजीम मंसूरी हो । उनी केहि दिन अघि निकै चर्चामा आएका थिए । उनी २ दशमलव ३ फुटका छन् । उनका बिहे भइरहेको थिएन । त्यसैको झोकमा उनी हालैमा प्रहरीको गई आफूले बिहे गर्न चाहेको तर केटी नपाएको भन्दै आफ्नालागि बेहुली खोज्न माग गरेका थिए । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर अब भने उनको बिहे हुने भएको छ । सामाजिक सञ्जालमा एकाएक भाइरल बनेका अजीम मंसूरीको बिहे आउँदो नोभेम्बर ७ मा हुने निश्चित भएको छ । उनले बेहुली भेटेका छन् । उनले वर्षौँदेखि बेहुली खोजेको भए पनि पाएका थिएनन् । हालैमा भने उनले बिहे गर्ने भन्दै आफ्नो बिहेको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई समेत दिने बताएका छन् । अजीमले हापुडकी बुशरासंग बिहे गर्दै छन् । उनले यसकालागि तयारी समेत थालेका छन् । उनले यस अघि आफ्नो बिहे गराइ पाउँ, बेहुली खोजी पाउँ भनेर ठुला ठुला व्यक्तिदेखि नेतासम्म गुहारे । तर हालैमा भने उनको बिहे तय भएपछि उनी मक्ख छन् । यस अघि उनी र उनका माता पिता छोटा उचाइ कम भएको भन्दै यस अघि तय भएका बिहे पनि रद्द भएको थियो । तर अब भने उनको बिहे हुने लगभग पक्कापक्की छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना