भारतीय क्रिकेटमा महिला पुरुष खेलाडीलाई बराबर म्याच फी

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - भारतीय क्रिकेटका महिला र पुरुष टोलीका खेलाडीहरुले बराबर म्याच फी पाउने भएका छन्। बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फी को व्यबस्था गरेको जनाएको छ।

बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फी दिने निर्णय गरेको हो। बीसीसीआईले एक टेस्ट बराबर १५ लाख, एक एकदिवसीय बराबर ६ लाख र एक टी-ट्वान्टी बराबर ३ लाख भारु पाउँदै आएका छन्।

बीसीसीआईका सिईओ जय साहले महिला पुरुष दुबै टोलीका खेलाडीलाई बराबर म्याच फी दिने निर्णय उल्लेख गरे।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्