नेभिगेशन
जीवनयापन

मोटरसाइकल चालकको मृत्यु भएपछि बसमा आगजनी

धादिङ - मोटरसाइकल चालकको मृत्यु भएपछि बसमा आगजनी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको भन्दै बसमा आगजनी गरिएको हो ।

काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं.७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा.९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं.११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसको आगो निभाइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना