नवौं राष्ट्रिय खेलकुद : आर्मी शीर्षस्थानमा, अरूको अवस्था कस्तो छ ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । गण्डकी प्रदेसको पोखरमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुदको चौथो दिनसम्ममा विभागीय टोली नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। हालसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेर शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ।

यस्तै अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित कूल ६५ पदक जितेर दोस्रो स्थानमा छ। यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्बल १६ स्वर्ण, २५ रजत र ३३ कास्य गरी कूल ७४ पदकसहित तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९६ पदक जितेको छ। यस्तै घरेलु टोली गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य गरी कूल ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कूल १६ पदक जितेर छैठौं स्थानमा रहेको छ। चौथो दिन २ स्वर्ण थपेर सातौ स्थानमा उक्लिएको प्रदेश एकले ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक जितेको छ।

यस्तै मधेश प्रदशेले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले २ स्वर्ण र १ रजत र ११ कास्य गरी कूल १४ पदक जितेर नवौं स्थानमा छ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले १–१ स्वर्ण पदक जितेका छन्। लुम्बिनी प्रदेशले १ स्वर्ण ९ रजत र १२ कास्य गरी कूल २२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण १ रजत र २ कास्य सहित कुल ४ पदक जितेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३०
प्रतिक्रिया दिनुहोस्