याद राख्नुस् दुई कुरा जसले तपाईंलाई सफलता पाइरहनबाट रोकिदिनसक्छ

बुधबार, मंसिर ७, २०७९
तपाईंलाई आफ्नो दिमागी शक्ति धेरै प्रयोग गर्नबाट रोक्ने दुई महत्वपूर्ण कुरा हुन्छ । यी हुन् अडियल व्यवहार र एउटै स्तरमा पुगेर रोकिनु । अडियल व्यवहारलाई अर्काे शब्दमा व्यवहार कडा हुनु पनि भन्न सकिन्छ । यो खासगरी यस्ता व्यक्तिद्वारा महसुस गरिन्छ जो आफ्नो विचारलाई लिएर हठी, कठोर र नबदलिने खालका हुन्छन् । यो एक यस्तो व्यक्ति हुन्छ जो कुनै व्यक्ति या कुराप्रति कुनै निष्कर्षमा पुगेर फेरि त्यसको बारेमा विचार बदल्न कहिल्यै तयार हुँदैन । यो पूर्वाग्रहलाई यसलाई कयौँ पटक सोच्ने मेशिन तरिका पनि भनिन्छ । तपाईं सायद यस्ता खालका मानिसलाई पनि चिन्न हुन्छ होला । यसको ठीक विपरित सोच भएका धेरै खुल्ला र लचिलो व्यवहार भएका हुन्छन् । यसलाई परिस्थिति अनुरुप बदल्नेलाई आम विचार भनिन्छ । यस्ता खालका मानिस हर नयाँ जानकारी प्राप्त गर्नप्रति खुल्ला सोच राख्छन् । उनीहरु नयाँ विचार र नयाँ घटनाक्रमलाई लिएर उत्सुक हुन्छन् र त्यसमा रुचि राख्छन् । उनीहरु यो कुरालाई लिएर धेरै चिन्तित हुन्छन्, के सही हो भन्नुभएको साटो को सही भन्छन् । यदि कोही आएर उनीहरुलाई कुनै नयाँ विचारलाई राम्रो साबित गरिदिन्छ भने उनीहरु पुरानो विचार छोड्नको लागि तयार रहन्छन् । उनीहरु यो कुरालाई लिएर धेरै चिन्तित हुन्छन् । नयाँ विचारले उनीहरुको समस्या कसरी हल गर्छ या लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ, चाहे यसले उनीहरुको मूल विचार गलत सावित होस् । साभार : ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्