राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
प्रदेश
प्रदेश १
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
विविध
भित्रयाइयो फूलपाती
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं—
देशका विभिन्न कोत तथा दसैंघरमा फूलपाती भित्रयाइएको छ । विजया दशमीको सातौं दिन देशका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा देवीको पूजाआजा गरी फूलपाती भित्रयाइएको हो । सिन्धुलीको कमलामाई नगरपालिका ४ को रक्तमाला मन्दिरको दसैंघरमा सामूहिक फूलपाती भित्रयाइएको छ । रक्तमाला मन्दिर परिसरमा सेना र प्रहरीले फूलपाती बढाइँ गरेका थिए । यसैगरी ताप्लेजुङमा पनि नेपाली सेनाको ब्यारेकबाट गएको सेना र सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयबाट फूलपाती भित्रयाइएको छ । प्रहरीले भने हाङदेवा, दोखु, फुङलिङलगायत स्थानबाट अघिल्लै दिन फूलपाती ल्याउने गरेको छ । आइतबार धनकुटामा पनि विशेष बढाइँ आयोजना गरिएको छ । प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराई तल्लो टुँडिखेलमा विशेष पूजापछि फुलपाती बढाइँ गरिएको थियो । काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्राउन फूलपाती गोरखाबाट पठाइएको छ । हनुमानढोका फूलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेका थिए । वर्षौंदेखिको परम्परलाई निरन्तरता दिँदै गोरखा दरबारबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए । गोरखा दरबारको फूलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत मोटरबाटो भएर फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको हो । सडक सञ्जाल नखुल्दासम्म एकीकरण पदमार्ग अन्तर्गत गोरखाबाट धादिङको केबलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै राजधानी सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् । आइतबार बिहान धिमेवाजा, फूलपातीको डोली लावालस्करसहित हर्षोल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको छ । वर्षौंदेखिको फूलपाती काठमाडौं पठाउने परम्पराको निरन्तरताले धार्मिक, संस्कृतिको संरक्षण सँगै पर्यटकीय प्रवर्द्धनमा पनि सघाउ पुर्याउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:०८
प्रतिक्रिया दिनुहोस्
अपडेट
काहुँडाँडा चिनाउन महोत्सव
बच्चाले १ लाख ३१ हजार बढीको खाना अर्डर गरेपछि...
सरकारमा रहने वा छाड्ने बारे निर्यण लिन रास्वपाकाे बैठक आज पनि बस्ने
भारतमा भागदौडमा परी ४ महिलाको मृत्यु
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
सिएन विशेष
शंकर पोखरेललाई सांसद बनाउने ओलीको तयारी
शुक्रबार, माघ २०, २०७९
क्रसर बन्द गर्ने निर्णय कागजमा हट्यो, व्यवहारमा हटेन
शुक्रबार, माघ २०, २०७९
प्रचण्डले ओलीलाई भने : राष्ट्रपति र गृहमन्त्री माओवादीकै हुन्छ, जे पर्छ बेहाेर्छु
बुधबार, माघ १८, २०७९