नेभिगेशन
विश्व

अमेरिकी विदेशीमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं ।संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपाललाई शुभकामना सन्देश पठाएका छन्।

नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको शुभकामना सन्देशमा विदेशमन्त्री ब्लिंकेन‚ अमेरिकी सरकार र अमेरिकी जनताहरूका तर्फबाट संविधान दिवस मनाइरहेका सबै नेपालीप्रति हार्दिक बधाई व्यक्त गरिएको छ।

अमेरिकी दूतावासले सार्वजनिक गरेको विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा भनिएको छ‚ ‘संयुक्त राज्य अमेरिकाको सरकार र अमेरिकी जनताहरूका तर्फबाट आफ्नो संविधान दिवस मनाइरहनु भएका सम्पूर्ण नेपाली जनताहरूप्रति हार्दिक बधाई। अमेरिकाको विभिन्न सामाजिक तथा आर्थिक पाटोहरूमा नेपालीहरूको योगदान बढ्दै गएको अहिलेको परिप्रेक्ष्यमा एउटा बलियो जनस्तरको सम्बन्धले हाम्रा दुई देशलाई बाँधेको छ।

यो वर्ष हामी यही न्यानो मित्रता र कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहेका छौं। मलाई विश्वास छ हामीबीचको यही मित्रता आउने ७५ वर्ष वा अनन्तकालसम्म अझै बलियो हुँदै जानेछ। अमेरिकी जनताहरूको तर्फबाट सम्पूर्ण नेपालीहरूको खुशीको यो विशेष क्षणमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट