नेभिगेशन
विश्व

ज्याद्री रहिछन् ‘मिस गल्फ’, ९ जना भिक्षुसँग यौन सम्पर्क राखेर ११ मिलियन डलर जम्मा पारिछन्

काठमाडौं– विभिन्न समयमा बौद्ध धर्म मान्ने नौ जना भिक्षुसँग यौन सम्पर्क राखी तिनको भिडिओ समेत बनाएर एक जना युवतीले ११ मिलियनभन्दा बढी रकम जम्मा पारेको खुलेको छ।

यो रकम ब्ल्याकमेलिङमार्फत जम्मा पारेको र ति युवतीलाई पक्राउ गरिएको थाइल्यान्ड प्रहरीले जनाएको छ।

थाइल्यान्ड प्रहरीले भिक्षुहरूसँग यौन सम्बन्ध राखेर त्यसको फोटो र भिडिओ प्रयोग गरी उनीहरूबाट पैसा असुलेको आरोपमा ज्याद्री युवतीलाई नियन्त्राण्मा लिएको हो।

प्रहरीले ‘मिस गल्फ’ भनेर नाम दिएकी ती महिलाले कम्तीमा नौ जना भिक्षुहरूसँग यौन सम्बन्ध राखेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। उनीहरूले विगत तीन वर्षमा ती महिलाले करिब ३८५ मिलियन भाट (११.९ मिलियन अमेरिकी डलर) असुलेको अनुमान गरेका छन्।

प्रहरी प्रवक्ताका अनुसार महिलाको घरमा अनुसन्धान गर्दा ब्ल्याकमेल गर्न प्रयोग गरिएका ८० हजार भन्दा बढी फोटो र भिडिओहरू फेला परेका छन्।

यो काण्ड थाइल्यान्डको अत्यधिक सम्मानित बौद्ध संस्थालाई हल्लाएको पछिल्लो घटना हो। हालैका वर्षहरूमा भिक्षुहरू यौन अपराध र लागुऔषध तस्करीमा संलग्न भएको आरोपहरूले ग्रस्त छ।

प्रहरीले यो घटनाबारे पहिलो पटक जुनको मध्यमा सूचना आएको बताए। त्यतिबेला बैंककका एक मठाधीशलाई एक महिलाले ब्ल्याकमेल गरेपछि अचानक भिक्षुत्व त्यागेका थिए।

प्रहरीका अनुसार, मिस गल्फले सन् २०२४ को मे महिनामा ती भिक्षुसँग ‘सम्बन्ध’ राखेकी थिइन्। पछि उनले बच्चा भएको दाबी गर्दै सात मिलियन भाटभन्दा बढी बच्चाको पालनपोषण खर्च माग गरेकी थिइन्।

यस महिनाको सुरुमा अनुसन्धानकर्ताहरूले मिस गल्फको घरमा छापा मार्दा, उनीहरूले उनका फोनहरू जफत गरे र उनले भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गरेका फोटो र भिडिओहरू फेला पारेको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व