नेभिगेशन
जीवनयापन

छालारहित वा छालासहित: कुखुराको  कुन मासु खानु उत्तम हो ?

काठमाडौँ–  संसारमा मासु मध्ये सबैभन्दा धेरै खपत हुने भनेकै कुखुराको मासु हो। खाद्य तथा कृषि सङ्गठनका अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भएको थियो ।

ल्याटिन अमेरिकामा मात्र कुखुराको मासु  खपत हुने मध्ये तेस्रो स्थानमा छ। सन् २०१९ मा यहाँ प्रतिव्यक्ति कुखुराको उपभोग ३२.७० किलो थियो।

सन् २०२० मा ब्राजिलमा प्रतिव्यक्ति ४०.६ केजी कुखुराको मासु खपत थियो। योसँगै अर्जेन्टिना प्रतिव्यक्ति ४७ केजी कुखुराको मासु सहित पहिलो स्थानमा छ ।

भारतीय कृषि र खाद्य परिषद्को पोल्ट्री बजार समीक्षा अनुसार, भारतमा प्रति व्यक्ति कुखुराको खपत ३.१ केजी थियो, जुन विश्व औसत १७ किलोग्राम भन्दा धेरै कम थियो।

कुखुराको मासु सामान्यतया सस्तो छ। यसमा बोसो कम छ र यसको खानाको सन्दर्भमा धेरै कम सांस्कृतिक र धार्मिक प्रतिबन्धहरू छन्।

त्यसैले यो सबैभन्दा बढी खाने मासु बनेको छ।

यस बाहेक कुखुरामा प्रोटिन पाइन्छ र यो भिटामिन र मिनरल्सको पनि महत्वपूर्ण स्रोत हो ।

[caption id="attachment_155226" align="alignnone" width="800"] फोटो: गेट्टी इमेजेज[/caption]

यसमा एक निश्चित स्तरसम्म अनस्याचुरटेड फ्याट हुन्छ, जुन मानिसको मुटु र मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ।

तर मानिसहरूको यो धेरै मनपर्ने खाना  हुनु गलत विश्वास र शंकाहरूकाे सेरोफेरोले  घेरिएको छ।

कुखुराको मासु कुन राम्रो: छाला रहित वा छालासहित

कुखुराको छालामा धेरै बोसो हुन्छ। त्यसैले कुखुराको मासु छालासहित खाने कि छाला रहित खाने भन्ने प्रश्न प्राय: रहन्छ।

अर्जेन्टिनाको मासु पोषण सूचना केन्द्रकी पोषणविद् मारिया डोलोरेस फर्नान्डिस पेजोसले बीबीसी सँगको कुराकानीमा भन्छिन्, ‘कुखुराको छालामा ३२ प्रतिशत फ्याट हुन्छ। अर्थात्, तपाईंले १०० ग्राम कुखुराको मासु छालासहित खानु भयो भने तपाईँको शरीरले ३२ ग्राम बोसो प्राप्त गर्ने गर्दछ । 

उनले भनिन्, ‘कुखुराको छालामा पाइने बोसोको दुई तिहाइ भाग असन्तृप्त हुन्छ, जसलाई राम्रो बोसोको रुपमा लिन सकिन्छ ।  यो बोसोले रगतमा कोलेस्ट्रोलको स्तर बढाउँछ। एक तिहाइ बोसो सन्तृप्त हुन्छ। यसलाई खराब बोसो पनि भनिन्छ। यसले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ।

पेजोसका अनुसार यदि हामीले छालासहित मासु खायौँ भने प्रत्येक भागमा क्यालोरीको मात्रा ५० प्रतिशतले बढ्छ। छाला विहीन कुखुराको ६ औंस स्तनको भाग खायौं भने हाम्रो शरीरले २८४ क्यालोरी प्राप्त गर्छ। तर छालासहित कुखुराको मासु खायौँ  भने ३८६ क्यालोरी प्राप्त हुन्छ।

यही कारणले गर्दा अतिरिक्त क्यालोरी शरीरमा नजाओस् भनेर मानिसहरूलाई छाला विहीन कुखुराको मासु खाने सल्लाह दिइन्छ।

विज्ञहरू भन्छन् कि यदि स्वस्थ र शारीरिक रूपमा सक्रिय व्यक्ति जसको तौल उसको उचाइको हिसाबले एकदम सही छ भने उसले कुखुराको मासु पकाउने र पकाउने समयमा अलग गरिएको छाला राख्न सक्छ। यसले कुखुरालाई थप रसदार बनाउनेछ।

धेरै पटक कुखुराकाे मासुलाई फ्रिज नगर्नुहोस्

एक पटक कुखुरालाई फ्रिजबाट निकालेपछि, यसलाई फेरि फ्रिज नगर्न सिफारिस गरिन्छ।  त्यसैले कुखुरालाई बारम्बार फ्रिजबाट निकाल्ने हो भने त्यसमा सूक्ष्म जीवाणु बढ्ने सम्भावना रहन्छ । त्यसकारण, कुखुरालाई पकाउँदा मात्र  फ्रिज बाट निकाल्नुहोस् ।  

जमेको कुखुराबाट बरफ हटाउन वा फ्रोस्टिङ गर्न कोठाको तापक्रम उपयुक्त हुँदैन। यसलाई तातो पानीमा हाल्नु पनि ठीक होइन । यसमा कोठाको तापक्रममा सूक्ष्म जीवहरू बढ्न सक्छन्।

[caption id="attachment_155227" align="alignnone" width="800"] फोटो: गेट्टी इमेजेज[/caption]

तसर्थ, डि–फ्रोस्ट गर्ने उत्तम तरिका भनेको कुखुरालाई बनाउनु अघि फ्रिजबाट बाहिर निकाल्नु हो। कुखुराको मासुलाई कहिले पनि फ्रिजबाट निकालेर कोठाको तापक्रममा न्यानोमा छाड्नु हुँदैन भनी विज्ञहरू बताउँछन्।

पहेंलो र गुलाबी कुखुरा: कुन खानु राम्रो हुन्छ ?

कुखुराको रङ कुखुरा वा कुखुराको खानाको पिग्मेन्टमा निर्भर गर्दछ। मकैमा ज्वार वा गहुँ भन्दा धेरै पिग्मेन्टहरू हुन्छन्, तर केही देशहरूमा कुखुरा खानेहरूको प्राथमिकतालाई ध्यानमा राखेर कुखुराको आहारमा प्राकृतिक पिग्मेन्टहरू थपिन्छन् ताकि यसको मासु पहेंलो होस्। विज्ञहरूका अनुसार पहेंलो र सेतो–गुलाबी रंगको कुखुराको मासुमा पोषण र अन्य गुण समान छन्।

कुखुरा सबैभन्दा पौष्टिक खाना मध्ये एक हो र धेरै लोकप्रिय पनि छ। तर अक्सर यो खाना विषाक्तता को एक स्रोत पनि बन्न सक्दछ। क्याम्पिलोब्याक्टर ब्याक्टेरिया काँचो मासुमा हुन्छ। कहिले काँही यसमा साल्मोनेला र क्लोस्ट्रिडियम परफ्रिन्जेन्स पनि बढ्न सक्छ। त्यसैले राम्रोसँग पकाएको कुखुराको मासु खाँदा फूड पोइजनिङ हुन सक्छ । अन्य कच्चा खानाबाट पनि कुखुरामा ब्याक्टेरिया बढ्न सक्छ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन को अनुमान अनुसार अमेरिकामा हरेक वर्ष करिब १० लाख मानिस संक्रमित कुखुराको मासु खानाले  बिरामी पर्छन्।

(बीबीसी हिन्दीमा प्रकाशित यो लेखलाई एकराज बास्तोलाले भावानुवाद गरेका हुन् ।)

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना