फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालको खेल आयोजक श्रीलंकासँग हुने भएको छ । श्रीलंकाले कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार माल्दिभ्सलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेपछि उसको प्रतिद्वन्द्वी नेपाल भएको हो । श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । समूह ए बाट श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्ने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्