नेभिगेशन
जीवनयापन

‘स्रोतको सुनिश्चितता नहुँदा चक्रपथ निर्माणको काम अघि बढ्न सकेन’

काठमाडौँ– स्रोत सुनिश्चितता नहुँदा काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको कामले गति लिन नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले स्रोतको सुनिश्चितता नहुँदा चक्रपथ निमार्णको काम अघि बढ्न नसेको भन्नुहुँदै स्रोतको सुनिश्चितता भए काम गर्न प्राधिकरण तयार रहेको बताए । बैठकमा सहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले चक्रपथ निर्माणमा सहयोगी निकायहरूले प्रतिबद्धता जनाइसकेको भन्दै स्रोत परिचालनका लागि अनुमति दिए कामले गति लिने बताए । बैठकमा संसदहरुले व्यवस्थित र सुन्दर काठमाडौँ उपत्यका निर्माणमा रहेका समस्याहरू लिखित रुपमा समिति समक्ष बुझाउन प्राधिकरणलाई आग्रह गर्नुहुँदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै