नेभिगेशन
खेलकुद

लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित

काठमाडौं - म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ । सान्चोले १६ औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३ औं मिनेटमा दोस्रो गोल थपे । मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन । लिभरपुल हालसम्म दुई अंकमै सीमित रहेको छ भने युनाइटेडको सुधारिएको प्रदर्शनसँगै लिगमा पहिलो अंक बटुल्न सफल भएको छ । खेलमा क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्यागुएरलाई बेन्चमा थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद