नेभिगेशन
खेलकुद

ला लिगा: रियल मड्रिडको विजयी शुरुवात

काठमाडौँ– साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २–१ को जित निकाल्यो । १० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले शुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन । जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूणर् तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै