नेभिगेशन
खेलकुद

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

काठमाडौँ– म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ। ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो । ब्राइटनका लागि पास्कल ग्रोसले दुवै गोल गरे। यता, ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे। पास्कलले ३० र ३९औं मिनेटमा गोल गरेका थिए। खेलको ६८औं मिनेटमा एरिस्टरले आत्मघाती गोल गरे। जितसँगै युनाइटेडले हारबाट सिजनको सुरूआत गरेको छ। यता, ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद् सुरूआत गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै