नेभिगेशन
जीवनयापन

प्रभु बैंकका कर्मचारीहरुको ‘मेहेन्दी विशेष कार्यक्रम’ (तस्वीरहरु)

काठमाडौं - प्रभु बैंक लिमिटेडका कर्मचारीले  विशेष मेहेन्दी कार्यक्रम आयोजना गरेका छन् । साउन महिनामा हरियो चुरा, मेहेन्दी, नङ पोलिसलगायतका सामाग्रीसहित मेहेन्दी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उल्लेख्य मात्रामा महिला कर्मचारीको उपस्थिति थियो । सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने परम्परा चलि आएको छ । हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकाले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरु बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै