नेभिगेशन
जीवनयापन

होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु

पोखरा - कास्कीको पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-६ लेकसाइड गौरीघाटस्थित होटल पोखरा इन्टरनेसनलको ३ तला माथिबाट खसेर भारत मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको हो । सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तला माथिबाट खसेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै