नेभिगेशन
जीवनयापन

मन्त्रिपरिषदले गर्‍याे सचिवहरूको सरुवा, को कहाँ तानिए ?

काठमाडौं - सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राख्दै अन्य दुई सचिवको सरुवा गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई तानिएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि विदामा बसेका अर्थ सचिव मरासिनी उनी फर्किदा समेत अनुपस्थित भएका थिए । उनलाई सरकारले प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना