नेभिगेशन
जीवनयापन

संघ र प्रदेश निर्वाचन : झण्डै एक लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाडौ - सरकारले आगामी मंसिर ४ मा संघ र प्रदेश निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले अकेन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढिने बताए । उनले भने, ‘झण्डै एक लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं ।’

यसअघि स्थानीय तहको चुनावमा एक लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए । संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना