नेभिगेशन
जीवनयापन

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ - बझाङको वित्थडचिर गाउँपालिका-८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका-१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् ।

अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नंको बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना