नेभिगेशन
जीवनयापन

जनार्दन प्रकरणको ‘कल डिटेल’ हेर्नै दिइएन : ओली

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मा प्रकरणको ‘कल डिटेल’ हेर्न नदिइएको बताएका छन् । नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरूलाई सम्बोधन गर्दै उनले ‘कल डिटेल’ हेर्न नदिइएको गुनासो गरेका हुन् । बजेट निर्माणका क्रममा शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयको छानबिनका क्रममा ‘कल डिटेल’ हेर्न नदिइएको उनको भनाइ थियो । यद्यपि, अर्थमन्त्री शर्माले सफाइ पाइसकेका छन् । सांसद लक्ष्मणलाल कणर्को नेतृत्वमा बनेको ११ सदस्यीय संसदीय विशेष समितिले अनधिकृत व्यक्ति प्रवेश र करका दर हेरफेर दुवै विषयमा शर्मालाई सफाइ दिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना