नेभिगेशन
जीवनयापन

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ - सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उनीमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेकोलगायतका आरोप लागेको थियो । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

यसअघि ट्वीनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

यी सबै विषयमा चित्तबुझ्दो जवाफ नदिएको र कर्मचारीमाथि दुर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समिति समेत गठन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना