नेभिगेशन
जीवनयापन

साम्राज्यवादी गतिविधि रोक्न अमेरिकालाई आग्रह गर्दछु : विप्लव

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकालाई द्वन्द्ध र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको अन्तराष्ट्रिय विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्धन्द्ध निम्याउन खोजेको उल्लेख गरेका छन् । विश्वका सबै देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा एक चीन नीति विपरित पेलोसीले भ्रमण गरेको विप्लवले बताएका छन् । ‘यो भ्रमणले चीन र ताइवानबीच थप द्धन्द्ध मात्रै चुलिएको छैन । एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो पुरानो चरित्र फेरि नांगो रुपमा विश्व सामु देखाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना