नेभिगेशन
जीवनयापन

कोसीले धार परिवर्तन गरेपछि २० हजार मानिस विस्थापित

उदयपुर– सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो । सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो । ‘कोसीले केही दिनदेखि कटान गरिरहे पनि सरकारले बेलैमा सक्रियता नदेखाउँदा यस्तो अवस्था आयो,’ बेलका–३ का बासिन्दा अरीलाल उरावले भने । अहिले बाँध भत्काएर कोसी पसेको मानवबस्तीमा २०४५ सालअघि पनि कोसी नै बग्थ्यो। २०४५ सालको भूकम्पपछि बिस्तारै धार परिवर्तन गरी कोसी पूर्वतर्फ हानिएको थियो । नदीले छाडेको भागमा २०५१ सालदेखि घर बनाएर मानिस बस्न थालेका थिए । ‘यस्तो विपत्ति आउला भनेर सोचिएन,’ बेलका–३ का अर्का बासिन्दा किसन राईले भने, ‘२०४० सालअघि पनि अहिलेकै बस्तीमा कोसीले पीडा दिएको थियो । पछि कोसी पूर्वतिर हानिएपछि शान्त होला भन्ने सोचेका थियौं तर यसको भर हुँदो रहेनछ ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना