नेभिगेशन
जीवनयापन

काठमाडौंको बौद्धबाट आधा करोड रकमसहित एक जना पक्राउ

काठमाडौँ - काठमाडौंको बौद्धस्थित तीनचुलीबाट करिब ५० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका धावा घ्याल्सेन रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट स्रोत नखुलेको ४९ लाख ५० हजार रुपैयाँ फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका घ्याल्सेन उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना