नेभिगेशन
जीवनयापन

कुन उमेरको व्यक्तिले कति घण्टा सुत्नु पर्छ ?

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भस्थ भ्रूण होस वा नवजात शिशु, दुधे बालक होस वा लक्का जवान तन्नेरी, युस्वावस्था वा वृद्धवृद्धा  निन्द्रा सबै र सधैँका लागि प्राथमिक आवश्यकता हो ।  मिठो निन्द्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणालीहरूलाई बलियो बनाउँदछ । तर यी फाइदाहरू प्राप्त गर्न हामीले लिएको निन्द्रा मिठो र गहिरोका साथसाथ पर्याप्त पनि हुन आवश्यक छ । ठिक मात्रामा नसुतेको निन्द्राले शारीरिक, मानसिक एवं भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ ।  यसर्थ हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समुहका व्यक्तिले निम्नानुसारको न्यूनतम निन्द्रा लिन आवश्यक छ । निन्द्राको आवश्यकता र महत्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । तलको तालिकामा प्रत्येक समूहका स्वस्थ व्यक्तिहरूका लागि रातिको निन्द्राको न्यूनतम अवधिको सिफारिस गरिएको छ र कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।  विवरण उमेरको दायरा सुत्नुपर्ने अवधि  नवजात शिशु            ० देखि ३ महिना                 १४ देखि १७ घण्टा शिशु                      ३ देखि १२ महिना                १२ देखि १६ घण्टा दुधे बालक              १ देखि २ वर्ष                       ११ देखि १४ घण्टा बालक                     ३ देखि ५ वर्ष                      १० देखि १३ घण्टा कुमार                     ६ देखि १२ वर्ष                     ०९ देखि १२ घण्टा किशोर                   १३ देखि १९ वर्ष                   ०८ देखि १० घण्टा वयस्क                   २० देखि ६० वर्ष                   ०७ घण्टा भन्दा माथि वृद्ध                       ६१ देखि ६५ वर्ष                  ०७ देखि ०९ घण्टा वयोवृद्ध                  ६६ देख माथि                      ०७ देखि ०८ घण्टा  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना