नेभिगेशन
जीवनयापन

संसदमा मोदीको प्रश्न : भारतबाट दुईपल्ट मूल्य घटेर आउँदा पनि किन घटेन पेट्रोलको मूल्य ?

काठमाडौं - सत्तारुढ दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार उनले भारतीय आयल कर्पोरेसनले दुईपटकसम्म मूल्य सूची घटाएर पठाउँदासमेत मूल्य समायोजन नगरिएकामा आपत्ति जनाए । उनले तत्काल मूल्य घटाएर जनतालाई राहत दिन माग गरेका छन् ।

‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ । तर घटेर आउँदा मूल्य घट्दैन । जसका कारण देशमा महँगी बढेको छ । यातायातदेखि हरेक क्षेत्रमा महंगी बढेको छ । यसमा सरकारको ध्यानाकर्षण होस्,’ उनले भने । उनले विराटनगरमा क्षेत्रीय विमानस्थल निर्माण प्रयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गरे पनि रकम नदिएको भन्दै आपत्ति जनाए । ‘जनतालाई कित मुआब्जा दिनुपर्छ कि त जग्गा रोक्का फुकुवा गरिदिनु पर्छ,’ उनले भने ।

त्यस्तै मोदीले संविधान जारी गर्नुअघि भएको थारु आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएकाहरुबारे पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको बताएका छन् । जेलमा रहेकाहरुको रिहाई र मुद्दा फिर्ताका लागि उनले सरकारसँग माग गरे । ‘थारुहरु अन्यायमा पर्‍यौं भनेर हामीले पटक-पटक कुरा उठायौं । सबैभन्दा अन्यायमा परेको जातिलाई राज्यले सबैभन्दा धेरै अधिकार दिनुपर्छ,’ उनले भने, ‘हामीले राज्यको पुनसंरचना गर्दा पहिचानसहितको संघीयताको लागि आन्दोलन गर्दा थारुहरु जेल जीवन बिताइरहेका छन् । कयौं मान्छेलाई झुठो मुद्दा लगाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना