नेभिगेशन
जीवनयापन

पायल्स के हो ? यो रोग भएकाले के गर्ने, के नगर्ने

पायल्सलाई हर्सा,  बबासिर, हेमोरोईड्स, आर्ष तथा मूलब्याधि पनि भन्ने गरिन्छ ।   यो रोग अन्तर्गत मलद्वार तथा मलाशयका भित्ताका रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखा पर्दछ । विस्तारै रोग बढ्दै जाँदा मलाशयका रक्त नलीहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलीहरूवरिपरिका तन्तुहरू तलतिर खस्न जाँदा गुजुल्टिएर अङ्गुरको झुप्पा जस्तो मासुका डल्लाडल्ली गुदद्वार वरिपरि देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं माशि पर्ने मलद्वार वरिपरि चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरू पनि यो रोगमा देखा पर्दछन् ।  कारणहरू:– पायल्स विभिन्न कारणले हुने गर्दछ । इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने यो रोगको एक कारण हो । । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । यसका अलावा गर्हुङ्गो भारी उचाल्नेलाई, कलेजाेको रोग (लिवर सिरोसीस भएमा), गुदद्वारको क्यान्सर भएमा, आउँ, मासी तथा पखाला जस्ता पेटका समस्या हुँदा, गुदामैथुन गर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरू र मोटोपन भएकाहरूमा पायल्सको समस्या अलिक बढी देखा पर्दछ ।  । साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेमा, उभ्भिएरै काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुरी, भारोत्तोलक खेलाडीहरूमा यो रोग देखा पर्ने सम्भावना धेरै नै छ । । यो रोग वंशानुगत कारणहरूले पनि हुने गर्दछ ।  के के गर्ने । १‍‍‍ प्रशस्त पानी पिउनुहोस् । २ ३ हप्तासम्म अन्न त्याग गरी फलफूल र तरकारीहरू मात्र खानुहोस् । ३ मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस् । ४ तातो कटिस्नान वा सिट्जबाथ गर्नुहोस् । ५ सुपाच्य खानेकुरामात्र खाने गर्नुहोस् । ६ अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस् ।  के के नगर्ने । १ दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् । २ भारी सामान नउठाउनुहोस । ३ लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस् । ४ रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस् । ५ तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यताबाट बच्नुहाेस् । ६ गरिष्ठ भोजनको सेवन नगर्नुहोस ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना