नेभिगेशन
जीवनयापन

खोलाले एकै परिवारका तीन जनालाई बगायो : एकको मृत्यु, एक बेपत्ता

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिका-९ स्थित कोइली खोलाले एकै परिवारका तीन जनालाई बगाएको छ । खोलाले बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ । आज (मंगलबार) बिहान साढे १० बजेको समयमा खोला तर्ने क्रममा वाणगंगा नगरपालिका- ७ की ३६ वर्षीय दिल कुमार सुनार, ३१ वर्षीया राममाया सुनार र १२ वर्षीय निरज सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक जेसी साहले जानकारी दिए । प्रहरीले खोजी गर्दा करिब १ किलोमिटर दक्षिणतर्फ खोला किनारमा पत्नी राम मायाको शव फेला परेको थियो । १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ । वेपत्ता रहेका पति दिल कुमार सुनारको प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक साहले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना