नेभिगेशन
जीवनयापन

नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोले अस्त-व्यस्त

काठमाडौं -चितवनको भरतपुर महानगरपालिकास्थित १७ किलो र इच्छाकामना गाउँपालिका-६ स्थित २ र ३ नम्बर पुलको बीचमा गए राति खसेको पहिरो केही समय अगाडि हटाइएको छ । पहिरो हटाइएसँगै सवारीसाधन दुईतर्फी नै चल्न थालेका छन् । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी मौरीखोलामा खसेको पहिरो भने हटाउने कार्य भइरहेको छ । लगातार बर्षातपछि नारायणगढ-मुग्लिन सडक अस्तव्यस्त बनेको हो । यो सडक खण्डका आधा दर्जन बढी ठाउँमा पहिरो झर्दा यात्रुसहितका सयौं गाडी घण्टौंदेखि रोकिएका थिए । पहिरो हटाउन अझै केही समय लाग्ने भएकाले यात्रीको सहजताका लागि पहिरो गएको स्थान नजिकैसम्म सवारीसाधन जान दिइएको छ । त्यहाँ यात्री साटफेर गरी सवारीसाधनलाई गन्तव्य स्थानतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । यता पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१०, तिंग्राङ खानीमा खसेको पहिरो पनि पन्छ्याइएको छ । सडकमा खसेको ठूलो ढुंगाका कारण सवारीसाधनलाई एक लेनमा आलो पालो चलाइएको धादिङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना