नेभिगेशन
जीवनयापन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ– प्रहरीले ६० ग्राम सुनसहित एक भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। मंगलबार युनाइटेड अरब इमिरेट्स९युएई०को सारजाहबाट काठमाडौं आएका भारतीय नागरिक इस्लाम आयाजाउललाई ६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो। सुनसहित पक्राउ परेका व्यक्ति उत्तरप्रदेशको रामपुरका स्थायी बासिन्दा हुन्। उनले भित्री बस्त्रमा लुकाएर झोलको रुपमा ६० ग्राम सुन ल्याएका थिए। अस्वभाविक गतिविधि देखाएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । सोधपुछ गर्ने क्रममा उनको साथबाट प्रहरीले सुन बरामद गरेको हो । उनले ५६६५१९५ नम्बरको राहदानी प्रयोग गरेर यात्रा गरेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना