नेभिगेशन
खेलकुद

‍जर्मनीलाई हराउँदै महिला युरोकप-२०२२ को उपाधि इङ्ल्यान्डलाई

काठमाडौँ– आयोजक इग्ङ्ल्यान्डले पहिलोपटक महिला युरो २०२२ को उपाधि जितेको छ। वेम्बलीमा आइतबार राति सम्पन्न फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले हराउँदै इङ्ग्ल्यान्ड च्याम्पियन बनेको हो। इङ्ग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले गोल गरिन्। जर्मनीका लिना मागुलले एक गोल फर्काइन्। ६२औं मिनेटमा टोनीले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरूआती अग्रता दिलाएकी थिइन्। तर, ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १(१ गोलको बराबरीमा ल्याइन्। त्यसपछि निर्धारित ९० मिनेटमा समय १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमाको ११०औं मिनेटमा इङ्ग्ल्यान्डकी केलीले गोल गरिन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद