नेभिगेशन
खेलकुद

वेष्ट इन्डिजसँगकाे पहिलो टी-ट्वान्टीमा भारत विजयी

काठमाडौँ– वेष्ट इन्डिजसँगको सिरिजको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारत ६८ रनले विजयी भएको छ । जितसँगै भारतले पाँच खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९० रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । यस्तै दिनेश कार्तिकले विस्फोटक ४१ रन बनाए । उनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै शर्यकुमार यादवले २४ रन बनाउँदा रविन्द्र जडेजाले १६ तथा रिशव पन्तले १४ रनको योगदान गरे । यस्तै रभिचन्द्रन आश्विनले १३ रन थपे । बलिङमा वेष्ट इन्डिजका अल्जारी जोसेपले दुई रन बनाए । जवाफमा वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २२ रनमा रोकियो । उसका लागि कप्तान निकोलस पुरनले १८ रन बनाउँदा साम्रा ब्रोक्सले २० तथा केली मेयर्सले १५ रन बनाए । यस्तै किमो पउलले १९ रनको योगदान गरे । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्नका लागि रभि बिस्नोई, रभिचन्द्रन आश्विन र अर्सदिप सिंहले दुई दुई विकेट लिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद