नेभिगेशन
मनोरञ्जन

भावनाको चट्ट रातो सारीमा देखिन्छु रे परी

काठमाडौं–गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द र संगीत रहेको छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् । भावना र मनिताका अलावा अशोक धिताल र दिलिप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन रहेको छ । भिडियोमा कबिता तोलंगीको मेकअप रहेको छ । नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए । https://www.youtube.com/watch?v=87F-q0HV5-0
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना