नेभिगेशन
मनोरञ्जन

सामाजिक सञ्जालमा विवादमा आउने सुन्दर उर्बशीभन्दा सुँगाको चर्चा

काठमाडौं– सामाजिक सञ्जालमा दिएका बयानका कारण विवाद र चर्चामा रहने बलिउड अभिनेत्री उर्बशी रौटेला कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा अनौठो श्रृङ्गारमा पुगेकी छन्।

अहिले उनको सुन्दरतालाई गौण राखी उनले बोकेको एउटा कृत्रिम सुँगाको चर्चा चलिरहेको छ।

आफ्नो लुक्सले सबैको ध्यान ताने पनि उनको हातमा रहेको त्यो कृत्रिम सुँगाको चर्चा व्यापक रहेको बताइन्छ।

उनी रेड कार्पेटमा रंगीन फिसटेल पहिरनमा पुगेकी थिइन्। उनको हातमा रहेको साढे चार लाख भारतीय रुपैंयाभन्दा बढी मूल्यको क्रिस्कटल सुँगाको क्लचले चर्चा पाएको थियो। 
rautela-1747201185.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना