पुँजी बजारका लगानीकर्ता आमरण अनशनमा बस्ने 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पुँजी बजारका लगानीकर्ता आमरण अनुशनमा बस्ने भएका छन् । एक हप्ता देखी लगातार आन्दोलनमा रहेका लगानीकर्ता आफ्नो माग पुरा नभएपछि आमरण अनशनमा बस्ने भएका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिले आफ्नो १९ बुँदे माग पुरा नभए सम्म असारको १ गतेबाट आफूहरूको माग पुरा नभए सम्म आमरण अनशनमा बस्ने निर्णयमा पुगेको बताएका छन् ।   विगतका विभिन्न चरणहरूमा पुँजी  बजारमा भएका समस्याहरूमा आन्दोलित हुँदै आएको र अहिलेको आन्दोलन भने आफूहरूले निर्णायक आन्दोलनको रुपमा लिएको  पुँजी बजार सुधार संघर्ष समितिका तिलक कोइरालाको बताए ।

२०७५ सालमा पनि आफूहरूले स्टक एक्सचेन्जलगायत ठप्प पार्ने काम गरेको र सफल पनि भएको बताए ।  त्यस्तै नीति गत रुपमा भष्ट्राचार भएको भन्दै  आफ्नो नजिकको मानिसहरको आवश्यकता अनुरूपको नीति तय हुने भएकाले पुँजी बजार देखी अर्थतन्त्र सम्म जुन किसिमले व्यक्तिहरूलाई हेरेर नीति निर्माणगरी तय भएको छ । त्यसको विरुद्धमा आफूहरू आन्दोलनमा उत्रिएको बताए ।  

विदेशी लगानी कर्ताहरूलाई देशमा लगानीको लागी आहान गरेर जुन किसिमले स्वदेशी लगानी कर्ताहरूलाई लात हानिएको छ त्यसको विरुद्धमा आफूहरुले लगातार पछिल्लो समय आन्दोलन गर्दै आइरहेको बताए ।

विदेशी लगानी कर्ताहरूलाई स्वदेशमा लगानी गर्न आव्हान गरिरहँदा स्वदेशी लगानीकर्ताहरू हेपिएको उनीहरूको गुनासो रहेको छ ।  स्वदेशी लगानी कर्ताहरूलाई प्रथम स्थान दिनुपर्ने र लगानीकर्ता जिउ धनको रक्षा सरकारले गर्नुपर्ने उनीहरूको माग छ ।   

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्