नेभिगेशन
खेलकुद

तेस्रो खेलमा पहिलो जित खोजिरहेको नेपाल

काठमाडौँ– आइसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिज खेल्न जाँदै गर्दा नेपाली टिमको योजना सिरिजका चारै खेल जित्ने थियो । प्रतियोगितामा त्यसबेलासम्म जम्मा १२ खेल मात्र खेलेको नेपालले जित र हारको ५०–५० प्रतिशत नजिता निकालेको थियो । विश्वकपमा छनोट हुन लिग टूमा सहभागी ७ देशमध्ये शिर्ष ३ मा उक्लन निकै कठिन छ भन्ने नेपाललाई थाहा थियो । तर नेपालले सोचेजस्तो भएन । सिरिजमा म‌गलबार तेस्रो खेल खेल्दै गर्दा नेपाल अझैपनि पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेल ओमानसँग पराजित भयो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेल्यो । दुबै टिमसँग दुई दुई खेल खेल्ने तालिका अनुसार नेपालले आज ओमानसँग दोस्रो र समग्रमा तेस्रो खेल हुन लागेको हो । अहिलेसम्म १४ खेल खेलेको नेपाल १३ अंकसहित छैटाैँ अर्थात पुछारबाट दोस्रो स्थानमा छ । नेपालभन्दा पुछार अर्थात साताैँ नम्बरमा पपुवा न्युगिनी मात्र छ । नेपालभन्दा अघि रहेको नामिबियाको १४ खेलबाट १४ अंक, अमेरिकाको २३ खेलबाट २१ अंक, यूएईको २३ खेलबाट २६ अंक छ । दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ भने पहिलो स्थानको ओमानको ३५ खेलबाट ४४ अंक छ । शिर्ष ३ मा पर्ने टिम विश्वकपमा छनोट हुनेछ । [caption id="attachment_121788" align="alignnone" width="850"] तस्वीर : क्यान[/caption] नेपालले बाँकी सबै खेल खेल्ने समय नभएकाले जित हारको औषतका आधारमा स्थान तय हुनेछ । त्यसैकारण नेपाललाई अहिलेका सबै खेल महत्वपूर्ण छन् । तर यी महत्वपूर्ण खेलमा सोचेजस्तो जित हात पार्न नसकेको नेपाल केही दबाबमा छ । आजको खेलमा नेपाल ओमानसँग सिरिजको आफ्नो पहिलो खेलमा ब्यहोर्नुपरेको हारको बदला लिने अवसर पनि हो । तर त्यसका लागि नेपालले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्नेछ । उक्त खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । २१२ रनको औसत लक्ष्य पनि नेपालले भेटाउन नसक्दा फेरि एकपटक नेपालको ब्याटिङमाथि प्रश्न चिन्ह उठेको थियो । पहिलो खेलमा नियमित दुबै ओपनर घाइते भएको घाटा ब्यहोरेको नेपालले अमेरिकासँगको खेलमा दुबै नियमित ओपनर कुशल भुर्तेल र आसिफ सेखको पुनरागमनसँगै २७५ रनको ठूलो योगफल तयार पारेको थियो ।  तर पनि त्यसलाई जोगाउन नसक्दा अमेरिकासँग अंक बाँड्न बाध्य भयो । हारोन्मुख नेपाललाई अन्तिम ओभरका अन्तिम दुई बलमा लगातार विकेट लिंदै डेब्यु ब्वाई आदिल आलमले रोमाञ्चक बराबरीमा पुर्‍याएका थिए । आजको खेलमा नेपाल यसअघिका दुबै खेल जित्न नसकेको दबाबका बीच मैदान उत्रने छ । खेल अमेरिकाको टेक्सा मोसा रंगशालामा नेपाली समयअनुसार राति ९:१५ मा सुरू हुनेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद