नेभिगेशन
खेलकुद

विश्वकप क्रिकेट लिग टू : नेपाल आज अमेरिकासँग खेल्दै

काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेल खेल्दैछ । खेल अमेरिका टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो। अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ। लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै