नेभिगेशन
खेलकुद

सलाहले जिते 'प्लेयर अफ द इयर' अवार्ड

काठमाडौँ– लिभरपुलका फरवार्ड मोहमद सलाहले पाँच खेलाडीलाई पछि पार्दै पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । मनोनयनमा पाँच खेलाडी परेका थिए ।

अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए ।

सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै