नेभिगेशन
खेलकुद

करण र सन्दीपले दुई दुई विकेट लिएपछि ओमान दवाबमा

काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गतको सिरिजमा ओमानसँग पहिले बलिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । करण केशी र सन्दीप लामिछानेले दुई दुई विकेट लिएपछि ओमान दवाबमा परेको छ । खेलको पहिलो बल मै करण केसीले विकेट लिँदै दबाबमा राखेको ओमानले खुलेर खेल्न सकिरहेको छैन । अहिलेसम्म १७ ओभरको खेल सकिँदा ओमानले ४ विकेट गुमाएर ५७ रन बनाएको छ । अमेरिकाको ह्युस्टनमा रहेको मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिड रोजेपटि नेपालले पहिले बलिङ गरिरहेको हो । नेपालका सुनिल धमलाले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् । नेपालको ओपनिङ लाइनअप सुवास खकुरेल र सुनिल धमलाले सम्हाल्ने निश्चित जस्तै छ । सिरिजको दोस्रो खेल नेपालले अमेरिकासँग पर्सि शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग आउँदो मंगलबार र अन्तिम खेलमा अमेरिकासँग जुन १५ मा खेल्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद